पोखरा, २९ फागुन ।
नेपाल स्थित जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) का प्रतिनिधीहरु र नेपाल सरकारका विभिन्न मन्त्रालयको टोलीले बुधबार पोखरा रंगशालामा ह्याण्डबलको पर्दशनी खेल अवलोकन गरेको छ ।
अवलोकनका लागि आएको टोलीमा यूवा तथा खेलकुद मन्त्रालयका उपसचिब जर्नादन रिजाल, अर्थ मन्त्रालयका उपसचिब टेक बहादुर खत्री, परराष्ट्र मन्त्रालयका प्रेम बहादुर बड थापा, जाइका स्वयसेबी संयोजक याशुको चुचिया, जाइकाका प्रमुख सल्लाहाकार शुसिल कुमार भट्टचन लगाएतको उपस्थिती रहेको थियो ।
ह्याण्डबल एकेडेमीमा आयोजित एक कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयका उपसचिब जर्नादन रिजालले पर्दशनी खेलको शुभारम्भ गरेका थिए । उक्त पर्दशनी खेलमा गण्डकी आवाशिय माबी र माउन्ट अन्नपूर्ण माबीका विद्यार्थीहरु सहभागी थिए ।
जाइकाको सहयोगमा नेपालमा एक जना स्वयंसेवी प्रशिक्षक केन्जी इशिहारा कार्यरत रहेका छन । उनले कास्की, पर्वत काठमाण्डौ लगाएतका जिल्लामा विभिन्न विद्यालयमा प्रशिक्षण दिइरहेका छन ।
पोखरा रंगशालाको ह्याण्डबल एकेडेमीमा उक्त टोलीलाई नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, सचिब केशब पाठक, कास्की जिल्ला ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष चित्र थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ, सचिब टेक गुरुङ लगाएतले स्वागत गरेका थिए ।
सो अवसरमा अध्यक्ष गुरुङले नेपालमा जाइकाले पु¥याएको योगदानको चर्चा गर्दै जाइकाले एक जना स्वयसेबी प्रशिक्षक पठाएर थप सहयोग पु¥याएकोमा आभार प्रकट गरे ।
