पोखरा एभेन्जर्सद्वारा भुर्तेलसहित ७ खेलाडी रिटेन

पोखरा स्पोर्टस । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्जाइजी टिम पोखरा एभेन्जर्सले कप्तान कुशल भुर्तेलसहित ७ खेलाडी रिटेन गरेको छ ।

पोखराले आइतबार रिटेन र रिलिज खेलाडीको सुची सार्बजनिक गरेको हो ।

पोखराले मार्की तथा कप्तान कुशल भुर्तेलसहित, सागर ढकाल, आकास चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दासलाई रिटेन गरेको छ । 

त्यस्तै पोखराले सुनाम गौतम, दिलिप नाथ, नारायण जोशी, अमृत गुरुङलाई रिलिज गरेको छ । 

पहिलो संस्करणको एनपीएलमा पोखराले केवल २ खेल जितेर सातौं स्थानमा रहदै सिजन समाप्त गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close