राष्ट्रिय महिला फुटबल टिमले सयौं खेल खेल्दै

पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी युमन्स एसिया कप क्वालिफायर्स अन्तर्गत लाओसको सामना गर्दैछ । उज्बेकिस्तानको राष्ट्रिय स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ६: १५ बजेदेखि शुरु हुदैछ । 

फिफा वरियतामा लाओस नेपालभन्दा पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने लाओस १०७औं स्थानमा रहेको छ ।

नेपाली महिला फुटबल टिमका लागि यो खेल विशेष रहेको छ । यो नेपाली महिला राष्ट्रिय फुटबल टिमको सयौं अन्तर्राष्ट्रिय खेल हो । 

औपचारिक रुपमा नेपाली महिला राष्ट्रिय फुटबल टिमले १९८६ मा हङकङविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यो खेल नेपालले हङकङसँग १-० अन्तरले हार बेहोरेको थियो ।

नेपालले अहिलेसम्म २६ देशसँग अन्तर्राष्ट्रिय खेल खेलेको छ । नेपालले अहिलेसम्म भारतसँग सबैभन्दा धेरै भारतसँग १८ र बंगलादेशसँग १३ खेल खेलेको छ । नेपालले अहिलेसम्म खेलेका ९९ खेलमा ४६ जित हासिल गरेको भने १६ खेल बराबरी र ३७ खेलमा हार बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close