एसीसी यू-१६ इस्ट जोन प्रतियोगितामा इन्डोनेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

पोखरा स्पोर्टस ।  नेपालले एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गत आज तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध खेल्दैछ । यस खेलमा इन्डोनेसियाले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग शुरु गरेको छ ।

प्रतियोगितामा नेपाल शुरुका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ र नेपाल समुह ए मा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो ।

त्यस्तै इन्डोनेसियाले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

समुह ए मा सिंगापुरले ४ खेलमा ३ जित र एक हारसहित ६ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ  । त्यस्तै जापान र इन्डोनेसिया २-२ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् भने भुटानले खेलेका तिनै खेलमा हार बेहोरेको छ  ।   

यस प्रतियोगितामा नेपालसहित सिंगापुर, जापान, इन्डोनेसिया, भुटान, हङकङ चाइना, मलेसिया, थाइल्याण्ड, म्यान्मार र माल्दिभ्सका यू-१६ टिम खेल्दैछन् ।

प्रतियोगिता अन्तर्गत अब नेपालले जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close