बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली पोखरामा

पोखरा स्पोर्टस । बन्द प्रशिक्षणका लागि राष्ट्रिय फुटबल टोली मंगलबार पोखरा आइपुगेको छ ।

वुद्ध इयरको जहाजबाट राष्ट्रिय टोली मंगलवार दिउसो पोखरा आइपुगेको हो । टोलीलाई पोखरा विमानस्थलमा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष तोरण बहादुर बानियाँले स्वागत गरेका थिए । करिव २० दिनको पोखरा आएको टोलीमा खेलाडी र म्यानेजमेन्ट टिमका सहित २७ जना रहेका छन । वाँकी खेलाडी भने बुधवार मात्रै आउने भएका छन । करिव १० दिनको विश्राम पछि राष्ट्रिय टोली थप प्रशिक्षणका लागि पोखरा आएको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन । टोलीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, विशाल सुनार, रजिन धिमाल, सुमन अर्याल, रन्दीप पौडेल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजिव लोप्चन, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सन्जोक राई, विक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल, सेसेहाङ् आङ्देम्बे, शिशिर लेखी रहेका छन ।

दक्षिण एशियाली फुटबल महासंघले आयोजना गर्ने दक्षिण एशियाकै सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनशिपका लागि अन्तिम खेलाडीको छनोट पनि पोखरा बाटै गर्ने तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ । एसियन कपका लागि समेत खेलाडीको छनोट पोखरा बाटै गरिने एन्फाले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का संयोजक कृष्णभक्त मानन्धरको नेतृत्वमा पोखरा आएको टोलीले पोखरा रंगशाला, सहारा एकेडेमीको खेल मैदान र बिजयपुर ब्यारेकको मैदानमा प्रशिक्षण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close