गण्डकी प्रदेशस्तरीय ‘म्याग्दी कप भलिबल’को उपाधि स्याङजाले जित्यो

पोखरा स्पोर्टस । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न गण्डकी प्रदेशस्तरीय ‘म्याग्दी कप पुरुष भलिबल प्रतियोगिता २०८२’ को उपाधि स्याङजाले जितेको छ ।

स्याङजाले बुधबार सम्पन्न फाइनलमा घरेलु टोली म्याग्दीलाई ३–२ को प्रतिस्पर्धात्मक खेलमा पराजित गरी उपाधि जितेको हो । पहिलो सेट पाहुना टोली स्याङजालाई २५–१७ ले म्याग्दीको यूवा टोलीले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट १९–२५ ले स्याङजाले जित्न सफल रह्यो ।

तर तेस्रो सेट अझै प्रतिस्पर्धात्मक बन्यो । स्याङजा पुनः तेस्रो सेटमा कम ब्याक गर्दै म्याग्दीलाई २६–२४ ले पछि पार्यो । तर म्याग्दीको युवा टोली चौथो सेटमा पुनरगामन गर्दै २५–१६ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो । तर अन्तिम सेट १७–१५ ले जित्दै उपाधि स्याङजाले जित्न सफल बन्यो ।

प्रतियोगितामा तेस्रो स्थान तनहुँ जिल्लाले प्राप्त गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा तनहुँले बाग्लुङलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

उपाधि संगै स्याङजाले नगद रु २ लाख हात पारेको छ । त्यस्तै उपविजेता म्याग्दीले नगद रु १ लाख तथा तेस्रो भएको तनहुँले नगद रु ५० हजार तथा चौथो हुने बाग्लुङले नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको म्याग्दी भलिबल संघका अध्यक्ष तेजेन्द्र बाँनियाले बताए ।

विजेता खेलाडीहरुलाई संघिय सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खम बहादुर गर्वुजा, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मालगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close