
पोखरा स्पोर्टस । खेलकुद कुनै किसिमको शारीरिक क्रियाकलाप वा खेल हो जहाँ शारीरिक क्षमता विकास मानसिक विकास र खेलका सीप विकास गराउँदै मनोरञ्जनात्मक प्रतिस्पर्धात्मक वातावरणमा खेल व्यवस्थापन गरिन्छ । खेलकुद हाम्रो जीवनमा महत्व राख्ने हुँदा यो युवादेखि वृद्धासम्म लागू हुन्छ ।
खेलकुद विकास गर्न दक्ष खेलाडी, निपुर्ण कोच (प्राविधिक), अनुशासित वातावरण, Good Sportsmanship समय व्यवस्थापन, नेतृत्व क्षमता, समूह कार्यक्षमता (Teamwork), प्रशासनिक कार्य सञ्चालनको आवश्यकता पर्छ । यसको सही र नियमित व्यवस्थापन गर्न सक्दा खेलकुदका अवसरहरु प्राप्त गर्न सकिन्छ । खेलकुदलाई एउटा उद्योगको (Sports industry)रुपमा लिन सकिन्छ । खेलकुदको विकास र विस्तार हुँदा खेलाडी प्राप्त गर्न सकिन्छ ।
खेलकुदले हामीलाई स्वस्थ्य बनाउन मद्दत गर्छ । सबै किसिमका शारीरिक क्रियाकलाप जहाँ धेरै नियमहरु हुन्छन् । जसले राम्रो खेल्न नियन्त्रण गर्छ । खेलकुद यस्तो विधान हो जसले जीवनको हरेक मोडहरूमा अघि बढ्न सधैं प्रेरित गर्छ । मानिसको जीवनमा आउने दुःख, पीडा, खुसी, हाँसो, रोदनहरु सजिलै पचाउन सक्ने क्षमताको विकास गर्न मद्दत पुर्याउँछ । खेलकुदमा लागेपछि हारको सामना गरी भविष्यमा अघि बढ्न मनोबल बढाउँछ । खेलकुदमा लाग्दा धेरै मानिसका अगाडि प्रस्तुत हुन सक्ने समाजका हरेक क्रियाकलापमा सहभागी हुन सक्ने क्षमताको विकास गराउँछ ।
शारीरिक क्रियाकलापमा सहभागी हुँदा व्यक्तिगत वा समूहमा प्रतिस्पर्धा गर्नु नै खेलकुद हो ।
समाज र समुदायमा खेलकुदका क्रियाकलापहरू विस्तार गराई कार्यसञ्जाल सहित समुदायका विभिन्न समूह, संघसंस्था, सरकारी खेलकुद निकाय, स्थानीय प्रशासन तथा स्वयंसेवक समूहसँग साझेदरी गर्नु खेलकुद विकास हो ।
Sport Development is the promotion of sports activities for community.
– खेलकुद विकासले सहभागिता बढाउँछ ।
– सांस्कृतिको आदानप्रदान गराउँछ ।
– खेलकुद विकासले सशस्कृत बनाउँछ ।
– खेलकुद विकासले खेलाडी उत्पादन गर्न मुख्य भूमिका खेल्छ ।
खेलकुद विकास गर्न दक्ष खेलाडी, निपुर्ण कोच (प्राविधिक), अनुशासित वातावरण, Good Sportsmanship समय व्यवस्थापन, नेतृत्व क्षमता, समूह कार्यक्षमता (Teamwork), प्रशासनिक कार्य सञ्चालनको आवश्यकता पर्छ । यसको सही र नियमित व्यवस्थापन गर्न सक्दा खेलकुदका अवसरहरु प्राप्त गर्न सकिन्छ । खेलकुदलाई एउटा उद्योगको (Sports industry)रुपमा लिन सकिन्छ । खेलकुदको विकास र विस्तार हुँदा खेलाडी प्राप्त गर्न सकिन्छ ।
– दक्ष प्रशिक्षक
– दक्ष व्यवस्थापन
– व्यवसाय प्रवर्धक
– पत्रकारिता
– रेफ्रीहरू निर्णायकहरू
– फिजियोथेरापिस्टहरू
– खेलकुद विज्ञहरू
– खेलकुद सामग्री उत्पादन
– खाना विज्ञ
– खेलकुद विश्लेषक
– फोटोग्राफर
यस्तो खालका रोजगारहरू प्राप्त हुन्छन् ।
खेलकुद विकास गर्न विभिन्न चरणमा खेलकुद तालिका बनाउनुपर्ने हुन्छ । खेलकुदमा विशेषत चारतह हुन्छन् ।
प्रारम्भिक तह
यो सुरुको अवस्था हो जहाँ खेलकुदको बारेमा जानकारी लिइन्छ । खेल सम्बन्धी सिप विकासका साथसाथै मनोरञ्जनात्मक हुन्छ ।
दोस्रो तह
यस तहमा आफ्नो मनपरेको खेलमा व्यस्त रहन्छन् कुनै क्लव टिमसँग जोडिन्छन् ।
तेस्रो तह
यो तहमा प्रतिस्पर्धा गर्न रुचाउँछन् । क्षमता वृद्घि सिप सिकाइबाट आपूmलाई निखार बनाउन खोज्छन् । माथिल्लो तहको प्रतिस्पर्धामा जान रुचाउँछन् ।
चौथो तह
यो तहमा विशेष खेलाडी हुन चाहन्छन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी हुन चाहन्छन् । अत्यन्तै मेहनती हुन्छन् । शारीरिक मानसिक क्षमता वृद्धि गर्न आफूलाई अभ्यस्त राख्छन् ।
खासगरी खेलकुद के हो खेलकुद विकास कसरी हुन्छ खेलाडी उत्पादन गर्न के गर्नुपर्छ भन्ने कुरा जति धेरै खेलकुदका प्रतियोगिताहरू हुन्छन् त्यति धेरै बुझाइ र विस्तार हुन्छ । यसका लागि स्थानीय तहदेखि अन्तर्राष्ट्रिय तहसम्म प्रतियोगिताका समय (Schedule) तय (Fixed) गर्नुपर्ने हुन्छ ।

खेलाडी उत्पादन गर्ने प्राथमिक तह भनेको विद्यालय हा । जहाँ खेलकुदका विषयमा प्रशस्त जानकारी दिएर उत्प्रेरणा गरिन्छ । विद्यालयभित्र अन्तर हाउस सदन जस्ता प्रतियोगिता गरिन्छ जसबाट स्वास्थ्य प्रतिस्पर्धात्मक वातावरण हुन्छ । त्यसपछि अन्तरविद्यालय प्रतियोगिता हुन्छ । अनि विद्यार्थीहरूको सहभागिता बढ्छ । विद्यालयस्तरको राष्ट्रिय प्रतियोगिताको खेल तालिका पहिले नै योजनावद्ध रुपमा बनाउनुपर्ने हुन्छ ।
विद्यालय स्तरबाट जिल्ला तहमा प्रतिस्पर्धा गराउनुपर्छ । यसरी सम्बन्धित जिल्लामा खेलाडी उत्पादन हुन्छन् । यस तहमा पनि खेल तालिका योजना बनाउनुपर्छ । अब जिल्लाबाट उत्पादन भएका खेलाडीहरूले क्षेत्रीय/प्रदेशस्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्छन् ।
प्रदेश/क्षेत्रीय तहका प्रतियोगिता पछि राष्ट्रिय प्रतियोगिताको आयोजना गरी राष्ट्रिय खेलाडी छनोट गर्नुपर्ने हुन्छ । छनोट भएका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गर्नेछन् र अन्तर्राष्ट्रिय ओलम्पिक प्रतियोगिताहरूमा सहयोगी हुनेछन् । यस प्रकारका प्रतियोगिता सुनिश्चित गर्ने ओलम्पिकसम्मको लक्ष्य राखी खेल समय Schedule देशको भूगोल र मौसम अनुसार तय गर्नुपर्छ ।
यसरी चरणवद्ध खेलकुद कार्यक्रमले
– कोचिङ तालिका बन्छन् जसबाट कोच जागिरको अवसर प्राप्त हुन्छ ।
– निर्णयको लागि रेफ्री जबको अवसर प्राप्त हुन्छ ।
– खेल सामग्री तथा खेलग्राम व्यवस्थापनका लागि म्यानेजरहरूको आवश्यकता हुन्छ ।
– खेलका विषयमा व्यापक प्रचारप्रसार गर्न पत्रकारहरूको सुनिश्चितता हुन्छ ।
– सेफ्टी मेजरका लागि स्वास्थ्य सामग्री तथा चिकित्सकहरु आवश्यकता पर्छ ।
– उच्चस्तरीय फिजियोथेरापिस्ट सामग्री सप्लाई गर्न एजेन्टको आवश्यकता पर्छ ।
– खेल अनुसार बढीभन्दा बढी पदक प्राप्त गर्न अनुशासनत्मक कार्य गर्ने विज्ञ आवश्यक पर्छ ।
त्यस्तै अन्य धेरै क्षेत्रहरूमा अवसरहरू सिर्जना हुन्छन् । साथै देशको पर्यटक प्रवर्द्धन भइ आर्थिक समुन्नत हुन्छ । त्यसैले राज्यले निरन्तर रूपमा चरणवद्ध खेलकुद कार्यक्रम प्रतियोगिताहरू सञ्चालन गर्नुपर्छ । कुनै दैवी प्रकोप वा महामारीको अवस्था बाहेक तोकिएको मिति र स्थानमा सञ्चालन गर्नुपर्दछ । तोकिएको समयमा प्रतियोगिता हुने सुनिश्चितता भएपछि सबै प्रक्रिया निरन्तर सक्रिय रहन्छ र मुलुकमा थुप्रै अवसरहरू सिर्जना हुनेछन् ।
