टेबलटेनिस टोली उज्वेकिस्तान जाने

पोखरा स्पोर्टस । एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गर्ने भएको छ ।

असार १२ देखि १८ गतेसम्म हुने प्रतियोगितामा समान ३/३ पुरुष महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

सहभागि पुरुषतर्फ प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलातर्फ योङगी पौडेल, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्नेछन् ।

टोली प्रमुखमा ज्याकी महर्जन तथा प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुँवेरप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close