लिभरपुलमाथि नोट्टीङघमको शानदार जित

पोखरा स्पोर्ट्स ।  इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल पराजित भएको छ । गएराती सम्पन्न खेलमा नोट्टीङघम फोरेस्टले लिभरपुलमाथि शानदार ३-० को जित हासिल गरेको छ ।

नोट्टीङघमको जितमा मुरिल्लो, निकोलो साभोना र मोर्गन गिब्स ह्वाइटले एक एक गोल गरेका थिए ।

यो जितपछि नोट्टीङघम फोरेस्टको १२ खेलमा १२ अंक भएको छ र लिगमा १२औं स्थानमा उक्लिएको छ ।

त्यस्तै लिभरपुलको भने यो यस सिजनको छैटौं हार हो । यो हारपछि लिभरपुलको १२ खेलमा १६ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close