राष्ट्रिय महिला फुटबल टिमको बिदाई, उज्बेकिस्तान जादै

पोखरा स्पोर्टस ।  एएफसी युमन्स एसिया कप क्वालिफायर्स खेल्न उज्बेकिस्तान जान लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघले विदाई गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल प्रमुख अतिथि रहेको सो समारोहमा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, कार्यवाहक महासचिव दामोदर भट्टराई, केन्द्रीय सदस्यहरू सरिला श्रेष्ठ, टिका लामा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर लगायतले विदाई गरेका छन् । क्वालिफायर्स खेल्न नेपाल भोलि त्यसतर्फ प्रस्थान गर्दैछ । 

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले एएएफसी महिला एसियाली कप छनौट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिम २१ सदस्यीय टिम छानेका छन् ।  

नेपाली टिम: 
गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, उषा नाथ र अञ्जना राना मगर ।

डिफेन्डर:  गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राणा र अमृता जैशी ।

मिडफिल्डर: विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर र सरस्वती हमाल ।

फरवार्ड: सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी र रेखा पौडेल ।

उज्बेकिस्तानमा जुन २९ देखि शुरु हुने छनौट प्रतियोगितामा नेपाल समुह एचमा रहेको छ । नेपालले जुन २९ मा लाओससँग, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close