धावक ‘अर्जुन गोदार’ले काठमाण्डौं–पोखरा २ सय कि.मी.दौड पूरा गरे, पोखरा रंगशालामा स्वागत

पोखरा स्पोर्टस । नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले करिब साढे दुई दिनमा काठमाण्डौं देखि पोखरासम्मको २ सय किलोमिटरको दुरी दौडेर पूरा गरेका छन् । काठमाडौँको दशरथ रंगशाला देखि सोमबार देखि सुरु भएको उक्त दौड आज (बुधबार) दिउँसो करिब २ः०० बजे उनले उक्त दुरी पार गरेका हुन् ।

धावक गोदारलाई पोखरा रंगशालामा विभिन्न संघ संस्थाहरुले स्वागत गरे । पोखरा रंगशालामा उनलृाई कास्की आदर्श समाज युएई, कास्की जिल्ला एथलेटिक्स संघ, जिल्ला खेलकुद बिकास समिति, पोखरा उद्योग बाणिज्य संघ, लेखनाथ उधोग बाणिज्य संघ, लायन्स क्लव, भूपू सैनिक हवाई सुरक्षा समिति गण्डकी, फल्याङकोट समाज कास्की लगायतका संघ संस्थाले स्वागत गरेका थिए । उनलाई बाटो बाटोमा नेपाली सेनाको टोलीले स्वागत गरेको सहयोगी विकास खड्काले जनाए । आफ्नो दौडको उक्त अभियानमा सहयोग गर्नुहुने प्रति उनले धन्यवाद समेत दिए ।

काठमाडौँको दशरथ रङ्गशालाबाट सुरु भएको उक्त दौड पोखरा रंगशालमा आएर एक राउण्ड लागर समापन गरे । दैनिक ७० किलोमिटर दौड पूरा गर्ने उनको योजना रहेको थियो यद्यपी उनलृे पहिलो दिन काठमाण्डौं देखि मजिमटारसम्म ८६ कलिोमिटर, दोश्रो दिन मजिमटार देखि दमौली ७४ किलोमिटर र तेश्रो दिनमा दमौली देखि पोखरा रंगशाला ५० किलोमिटर दुरी पार गरे । उनलाई मोटरसाइकल राइडर सहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधा समेत उपलब्ध गराइएको थियो । आफ्नो व्यक्तिगत खर्चमा उक्त दौड पूरा गरेका हुन् ।

कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षती भएकोले शान्तिको कामना सहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोट गरेको बताए ।

नेपाली सेनाको हवल्दार पदबाट निवृत भएका गोदार विगत ११ बर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आएका छन् भने हाल केही दिनको बिदामा नेपाल आएको सन्र्दभमा उक्त दौडमा पुरा गर्ने अभियानमा थिए । उनले सातामा कम्तिमा १ सय ५० किलोमिटर दौडदै आएका छन् । केही समय अघिदेखि काठमाडौँ पोखरा रूटमा दौडेर पार गर्ने लक्ष्य लिनु भएको गोदारले मौसम र प्राविधिक कारणले गर्दा बल्ल समय उपयुक्त भएको बताए । पोखरा म्याराथनमा सहभागी हुने लक्ष्य लिनु भएको गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगितामा समेत सहभागीता जनाएका थिए ।

यसैबिच उनलााई सुरु देखि बाटो बाटोमा नेपाली सेनाको टोलीले स्वागत गरेको थियो । बुधबार कास्कीमा रुपा गाउँपालिकाले समेत स्वागत गरेको छ । रुपा गाउँपालिकाका उपाध्यक्ष लाल सुब्बा गुरुङ सहितको टोलीले स्वागत गरेको थियो । अर्जुन गोदारको दौडले पोखरामा हुने म्याराथन दौडलाई धेरै सहयोग हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close