
पोखरा । पोखरा महानगर पालिकाले आर्थिक वर्ष २०७७/०७८का लागि प्रस्तुुत बजेटमा हाई अल्टिच्युड खेल मैदानलाई प्राथमिकता दिएको छ ।
पोखरा महानगरकी उपप्रमुख मञ्जु देवी गुरुङले आर्थिक वर्षको २०७७/०७८ बजेट प्रस्तुत गर्दै पोखरा महानगरको वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण निरन्तरताको लागि ५० लाख बजेट विनियोजन गरेको जनाएकी छन । विपदमा युवा स्वयमसेवा कार्यक्रमलाई निरन्तरता दिँदै पोखरा म्याराथुन संचालनका लागि आवश्यक बजेट व्यवस्था गरेको उनले जनाएकी छन ।
‘स्वास्थ्यका लागि व्यायाम’मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिन १० स्थानमा व्यायाम सामग्री जडानको लागि बजेट व्यवस्था गरेको जनाउँदै उप प्रमुख गुरुङले विपदमा युवा स्वयमसेवा कार्यक्रम र उत्कृष्ट वर्ष खेलाडी छनौट गरी अर्वाड प्रदान गर्नका लागि आवश्यक ब्यवस्था मिलाएको जनाएकी छन ।
प्रस्तुत बजेटमा महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको जनाउँदै क्रमलाई निरन्तरता दिँदै जनाएकी हुन ।
