स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्ने

पोखरा स्पोर्टस ।  नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।  

स्कटल्याण्डमा हुने यो सिरिजमा नेपालले ३ खेलमा २ जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यस्तै स्कटल्याण्डले यसअघि खेलेका ३ खेलमा एक खेल जितेको छ भएन २ खेलमा हार बेहोरेको छ । त्यस्तै सिरिजका सबै चार खेल खेलेको नेदरल्याण्डसले २ जित र दुई हार बेहोरेको छ । 

नेपालले एक खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने स्कटल्याण्ड र नेदरल्याण्डसलाई एक एक खेलमा पराजित गरेको थियो ।  नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म केवल २ टी-२० खेलिएको छ जसमा एक नेपालले र एक स्कटल्याण्डले जितेको छ ।   

आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने स्कटल्याण्ड १३औं स्थानमा रहेको छ । 

आज नेपालले आफ्नो टिममा एक परिवर्तन गरेको छ । आज करण केसीको स्थानमा रिजन ढकाल खेलिरहेका छन् ।नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), भीम सार्की, आरिफ शेख, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, रुपेश सिंह र लोकेश बम रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close