गण्डकी प्रदेश महिला भलिबल टोली हेटौडा प्रस्थान

पोखरा स्पोर्टस । नेकोस कप महिला भलिबलमा सहभागिता जनाउन गण्डकी प्रदेशको महिला भलिबल टोली हेटौडा प्रस्थान गरेको छ ।

पोखरा रंगशालाबाट प्रस्थान गर्नु अघि संघका कार्यबहाक अध्यक्ष राजेन्द्र जिशी, महसचिब टहल सिंह थापा मगर, कार्यसमिति सदस्य जापान गुरूङ, टाइगर ग्रुपका कोषाध्यक्ष हरि श्रेष्ठलगायतले विदाई गरेका थिए ।  नेकोस कप महिला भलिबल यहि असार ७ गते देखि ११ गते सम्म सञ्चालन हुने महासचिब थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

गण्डकी प्रदेश महिला टोलीको कप्तानी महिला राष्ट्रिय टिमकी कप्तान समेत रहेकी अरुणा शाहीले सम्हाल्ने छिन् । त्यस्तै गरी खेलाडीहरु शोभा पाइजा, रेविना घर्ती, स्माइल पुन, विष्णु क्षेत्री, अपेक्षा सुनार, प्रतिक्षा सेन, भावना छन्त्याल, यमुना बुढाथोकी, फविना छन्त्याल, रेक्जिना बोटे र काजल छन्त्याल रहेका छन् । टोलीको प्रशिक्षकमा मलिन रोक्का, सहायक प्रशिक्षकमा रामनारायण महतो र टिम म्यानेजरमा सञ्जिव जिशी रहेका छन् ।

लामो समय पछि कुनै पनि राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन थालेको महासचिव थापाले बताए । पोखरा स्पोर्टस संग कुरा गर्दै उनले भने–“हामी गण्डकी प्रदेशको महिला टिमलाई बलियो बनाउने गरी अभियानका साथ अघि बढेका छौं । यसै क्रममा हामीले टोलीलाई हेटौडा पठाएका हौं ।” उनले गण्डकी प्रदेशमा सि लेभलको भलिबल प्रशिक्षण समेत सुरूवात भएको जनाउँदै अबको दुई वर्ष भित्र गण्डकीले भलिबलमा उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी पाउने उनले जनाए ।

यसै गरी टिम प्रशिक्षक मलिन रोक्काले यूवा खेलाडीहरुलाई समेट्दै गण्डकीको महिला खेलाडी उत्पादनमा नयाँ अभियानका साथ अघि बढेको पोखरा स्पोर्टस संगको कुराकानीमा बताएका छन् । उनले गण्डकी प्रदेश महिला टिम यति बेला सातै प्रदेशमा दोस्रो स्थानमा रहेको बताउँदै अबको दुई वर्षमा च्याम्पियन टोलीको रुपमा अघि आउनेमा विश्वस्त रहेको उल्लेख गरे ।

टिमकी कप्तान एवं अनुभवी खेलाडी अरुणा शाहीले यूवा खेलाडीहरुका साथमा टिमको सन्तुलन मिलाइएको बताइन् । उनले भनिन–“हामी यूवा महिला खेलाडीहरुलाई विभिन्न प्रतियोगिताहरुमा सहभागिता गराउँदै अुनभवी टिमको रुपमा निर्खान चाहन्छौं ।” त्यसैका लागि पनि टिम हेटौडा जान लागेको बताउँदै हालै पोखरामा सम्पन्न प्रचण्डकपमा समेत गण्डकीको टोलीले उत्कृष्ट प्रदर्शन गरेको कप्तान शाहीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close