एएफसी महिला एसियाली कप छनौट खेल्ने महिला टिमको घोषणा

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल सघ (एन्फा) ले  एएफसी महिला एसियाली कप छनौट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ  । 

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले २१ सदस्यीय टिमको घोषणा गरेका हुन्  ।  

नेपाली टिममा

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, उषा नाथ र अञ्जना राना मगर ।

डिफेन्डर:  गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राणा र अमृता जैशी ।

मिडफिल्डर:  विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर र सरस्वती हमाल ।

फरवार्ड: सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी र रेखा पौडेल ।

उज्बेकिस्तानमा जुन २९ देखि शुरु हुने छनौट प्रतियोगितामा नेपाल समुह एचमा रहेको छ । नेपालले जुन २९ मा लाओससँग, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close