
पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारको खेलकुद बजेट बाहिरिए संगै खेलकुद क्षेत्र अचम्भित मात्रै होइन तीन छक्क पर्दै भन्न सुरू भएको छ–गण्डकी प्रदेश सरकारको खेलकुद बजेट न भुतो न भविष्यती ! अर्थात यस्तो बजेट न कहिल्यै आयो न आउनेछ ।
खेलकुद बजेट प्रकाशित भए संगै खेलकुद संघका पदाधिकारीहरुले “विश्वकै उत्कृष्ट खेलकुद विशेषज्ञलाई प्रदेश सरकारले बोलाएर बजेट बनाएको” भन्दै खिसीट्युरी गर्न थालेका छन् । बजेटमा खेलकुद संघहरुलाई पूर्णता वेवस्ता गरिएको भन्दै उनीहरु रोष प्रकट गरेका हुन् । उनीहरुले भने–“वा प्रदेश सरकार गज्जव बजेट । न भुतो न भविष्यती !”
नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष एवं अग्रज बक्सिङ प्रशिक्षक विद्याप्रसाद मर्सानीले खेलकुद उत्पादनका लागि सुन्य रहेको गण्डकी प्रदेश सरकारको बजेटको कुने अर्थ नरहेको प्रतिक्रिया दिए । उनले भने–“बजेट पुरै मनगढन्ते छ । खेलकुद संघहरुलाई कुनै सम्वोधन गरिएको छैन । निर्वाचनमुखी बजेटले खेलकुदको विकास हुँदैन । नत खेलाडी उत्पादन हुन्छन् ।”
खेलकुद विकासका लागि परिषदमा गठित खेल संघहरु चलायमान नभए सम्म खेल विकासको गति अवरुद्ध हुने भएकोले पनि खेल संघहरुलाई बजेटमा सम्वोधन गर्न र बजेट पूर्नविचार गर्न अध्यक्ष मर्सानीले जोड दिए ।
गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिब राजेन्द्रदेव पाण्डेले तनहुँको भानु नपामा म्याराथन आयोजना गर्ने भन्दै १५ लाख बजेट विनियोजन गरे संगै बजेटको स्वरुप र आकार कस्तो छ भन्ने सबैले आकंलन गर्न थालेका छन् ।
एथलेटिक्स प्रशिक्षक सिद्धान्त अधिकारीले समेत बजेट स्वार्थ र व्यक्तिगतमुखी भएको बताए । उनले पोखरा स्पोर्टस संग कुरा गर्दै खेल संघहरुलाई बजेट सुन्यतामा राख्नु दुःखद विषय रहेको बताए । उनले भने –व्यक्तिगत पहुँचका आधारमा हचुवामा बजेट बनाइएको छ । यस्तो बजेटको कुनै अर्थ र स्विकार्यता छैन ।”
आर्थिक मामिला मन्त्रालय र यूवा तथा खेलकुद मन्त्रालयका सचिवहरु, मन्त्रीका निजी सचिवहरु र मन्त्रालयका कार्यालय सहायक सम्मले खेलकुद बजेटमा आँखा गाडेकोले यो खेलकुद बजेटले कुनै एक व्यक्ति मोटाउने रुपमा आएको एक खेलकुद संघका पदाधिकारीले जनाए । उनले भने–“मन्त्रालयमा बसेर खेलकुद बजेटको धज्जी उडाइएको छ । हामीले पेश गरेका सुझावहरु आफ्नै सरकारले लत्याएको छ । गण्डकीको खेलकुद बजेट पुर्न विचार हुनुपर्छ । मुख्यमन्त्री ज्यूले यसमा हस्तक्षेप गर्नुपर्छ ।”
यता प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले बजेट सन्तुलित आए पनि खेल संघहरुलाई बजेट नहुँदा खेलकुद विकासमा अवरोध पुग्ने जनाए । “हामीले प्रस्ताव गरेको भन्दा भिन्न रुपमा बजेट आएको छ । केही काटिएका छन् । केही थपिएका छन्”, उनले भने ।
बजेटको लिंक
Bikash_Book_2082-83_Final_Published (1).pdf
