
पोखरा स्पोर्ट्स । नेपाल भूतपूर्व खेलाडी मञ्चले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (जुन २३) को अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
मंञ्चले पोखरामा मावीस्तरीय (कक्षा ८ देखि १० सम्मका) विद्यार्थीहरु लक्षित वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
यहि चैत्र ९ गते विश्वभर मनाइने ओलम्पिक डे लाई विविध कार्यक्रमका साथ आयोजना गर्ने प्रचलन अनुरुप मञ्चले सो प्रतियोगिताको तयारी गरेको हो ।
ओलम्पिक दिवस र पोखरा म्याराथन, पोखरा म्याराथनमा विद्यार्थीको भूमिका र सामाजिक रुपान्तरणका लागि पोखरा म्याराथन गरी तीन अलग–अलग शिर्षक अन्तर्गत हुने वक्तृत्वकला प्रतियोगितामा प्रत्येक विद्यालयबाट एक जना विद्यार्थी सहभागी गराउन सकिने मञ्चले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने एकजना लाई नगद रु १० हजार, द्वितीय लाई नगद रु. ७ हजार, तृतियलाई नगद रु ५ हजार तथा सान्त्वना स्वरुप एक जनालाई नगद रु ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
साथै, प्रतियोगितामा सहभागि तथा विजेताहरुलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबाट उपलव्ध हुने प्रमाणपत्र प्रदान गरिने छ । साथै, प्रतियोगितामा सहभागि तथा विजेताहरुलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबाट उपलव्ध हुने प्रमाणपत्र प्रदान गरिने छ ।
सो प्रतियोगिता चैत्र ९ गते सोमबार पोखरा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना हुनेछ ।
