राखेपद्वारा टेनिस कोर्ट हस्तान्तरण

पोखरा, ५ साउन । नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरी निर्माण गरिएको टेनिस कोर्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार हस्तान्तरण गरेको छ ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्सलगायत अन्य पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो पुगेका सदस्य–सचिव सिलवालले निर्माण सम्पन्न भइसके पनि हस्तान्तरण नहुँदा खेलाडीको प्रशिक्षणमा कठिनाइ भएको थाहा पाएपछि तुरुन्त साँचो नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालाई हस्तान्तरण गरेका थिए ।

निर्माण सम्पन्न भएर पनि खेलाडी छिर्न नपाएको टेनिस कोर्टमा सदस्य सचिब रमेश सिलवालले गएर ताला खोले । तस्विरः सुदर्शन रंजित

टेनिसको साँचो हस्तान्तरण पछि बोल्दै सदस्य सचिब सिलवालले खेलाडीलाई बनाइएको पूर्वाधार समारोह गरेर हस्तान्तरण गर्नु नपर्ने बताउँदै भने–‘निर्माण भइसकेको पूर्वाधार हस्तान्तरण गर्न किन ढिलाइ भयो ? समारोह राखेर हस्तान्तरण गर्नु पर्छ भन्ने छैन ।’

टेनिस कम्प्लेक्समा रहेको पुरानो ६ क्ले कोर्टलाई विस्थापित गरी त्यत्ति नै हार्ड कोर्ट बनाइएको छ । छेउमै थप २ वटा सफ्टटेनिसका लागि पनि हार्ड कोर्ट बनाइएको छ ।

सदस्य–सचिव सिलवालले सातदोबाटोस्थित स्क्वास कम्प्लेक्स, हिटिङ पुल, तेक्वान्दो भवनको अवस्था बारे जानकारी लिएका थिए । त्यसअघि सदस्य–सचिव सिलवालले १३ औं सागमा समावेश खेलका राष्ट्रिय संघका प्रतिनिधि र प्रमुख प्रशिक्षकहरुसंग खेलाडीहरुको प्रशिक्षण र समस्यका बारेमा जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close