श्रीलंकाविरुद्धको पहिलो टेस्टमा बंगलादेशको उत्कृष्ट शुरुवात

पोखरा स्पोर्टस । बंगलादेशले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट शुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको बंगलादेशले पहिलो दिनको खेल सकिदा ३ विकेट गुमाउदै २९२ रन बनाएको छ ।

बंगलादेशका लागि कप्तान नजमुल होसैन शान्तो १३६ रन बनाएर खेलिरहेका छन् भने मुशिफिकुर रहिम १०५ रन बनाएर खेलिरहेका छन् ।

यस अघि मोमिनुल हकले २९ र षडमान इस्लामले १४ रन बनाएर आउट भएका थिए । त्यस्तै अनामुल हक शुन्यमा आउट भएका थिए ।

त्यस्तै श्रीलंकाका बलर थारिन्दु रत्नायकेले २ तथा असिथा फेर्नान्डोले एक विकेट लिएका थिए ।

श्रीलंका टूरमा रहेको बंगलादेशले यस टूरमा २ खेलको टेस्ट सिरिज,  ३ खेलको एकदिवसीय सिरिज र २ खेलको टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close