त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

पोखरा स्पोर्टस । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि शुरु हुदैछ ।

स्कटल्याण्डमा हुने यो सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म केवल एक टी–२० २०१३ मा खेलिएको थियो, जुन स्कटल्याण्डले जितेको थियो ।

आइसीसीको टी–२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्डस १३औं स्थानमा रहेको छ ।

२० जुनसम्म हुने यो त्रिकोणात्मक टी(२० सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।

यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close