
पोखरा स्पोर्टस । सूर्य नेपाल गल्फ टुर २०२४–२५ कोअन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रबि खड्का शीर्षस्थानमा रहन सफल भएका छन्।
५-अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुबाश तामाङलाई १ स्ट्रोकले पछि परेका छन् । सुबाश ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे । ३–अन्डर ६९को नतिजामा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुलविश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धन बहादुरथापाले संयुक्तरुपमा तेस्रो स्थान बाँडे ।
२–अन्डर ७० स्कोर गरेका निरज तामाङ र विष्णु प्रसाद शर्मासंयुक्तरुपमा सातौं स्थानमा छन् । १–अन्डर ७१ स्कोर गरेकादीपक मगर, राम कृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपले नवौं स्थान बाँडे ।
पूर्व नम्बर एक गल्फर रबिले छैटौं देखि नवौं होलसम्मलगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४(अन्डर ३२ मा सकाए । यसपछि ब्याक नाइनमा उनले १२औं र १७औंहोलमा एक–एक सट बचाए । १३औं होलको बर्डीले ब्याकनाइन १–अन्डर ३५ मा पुरा गरे ।
सुबाशले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए। छैटौं होलमाबर्डी प्रहार गरेपनि पाँचौं र सातौं होलमा एक(एक सट खेरफाले । उनले ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन गरे । बोगीरहित ब्याक नाइन खेल्ने क्रममा १०औं, १२औं र १६औंहोलमा बर्डी प्रहार गरे । ५–पारको १५औं होलमा इगलको सफलता हात पारे ।
एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुलसंयुक्तरुपमा शीर्षस्थानमा रहे । उनीहरूले ३(अन्डर ६९ कोस्कोरमा वाङ्चेनलाइ २ स्ट्रोकले पछि पारे ।
निमले तेस्रो र सातौं होलमा इगल प्रहार गरे। छैटौं होलमाएक सट बचाए । पहिलो र आठौं होलमा बोगीको सामनागर्दा फ्रन्ट नाइन ३–अन्डर ३३ मा पुरा गरे । यसपछि ११औं र१४औं होलमा बर्डी तथा १५औं र १८औं होलमा बोगी खेपे।ब्याक नाइन इभन–पार ३६ खेले ।
राहुलले फ्रन्ट नाइन १–अन्डर ३५ तथा ब्याक नाइन २–अन्डर३४ मा सकाए । उनले कुल ५ बर्डी र दुई बोगी प्रहार गरे । वाङ्चेनले १–अन्डर ७१ स्कोर गरे । वाङ्चेनले सातौं होलमाचार सट खेर फाले । उनले ६ बर्डी प्रहार गर्दा एक बोगी खेपेका थिए ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चारदिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हाल सम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीकोलागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । विजेताले उपाधिसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हातपार्नेछन् ।
शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । साथै प्रतियोगितामा १८ जना एमेच्योर खेलाडीहरू पनि प्रतिस्पर्धा गरिरहेका छन् ।
चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।
