
पोखरा स्पोर्टस । स्कटल्याण्डले त्रिकोणात्मक टी२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई ३९ रनले पराजित गरेको हो ।
स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछाएको नेदरल्याण्डले १८.१ ओभरमा अल आउट हुदै १२१ रन मात्र बनाएको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १६० रन बनाएको थियो ।
अब टी२० सिरिज अन्तर्गत आज नेपाल र नेदरल्याण्डस खेल्दै छन् । खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुने छ ।
