अकल्याण्ड सिटीविरुद्ध बायर्न म्युनिखको गोलको बर्षा

पोखरा स्पोर्टस । जारी फिफा क्लब विश्वकप अन्तर्गत बायर्न म्युनिखले न्यूजील्याण्डको क्लब अकल्याण्ड सिटीविरुद्ध गोलको बर्षा गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले अकल्याण्ड सिटीलाई १०–० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नका लागि जमाल मुसिआलाले ह्याट्रिक गरेका थिए भने थोमस मुलर, माइकल ओलीस र किंग्सले कोम्यानले २२ गोल गरेका थिए । त्यस्तै सचा बोएयले एक गोल गरेका थिए ।

यो जितपछि समुह सी मा बायर्न म्युनिखले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

बायर्न म्युनिखले अर्को खेल अब शनिबार बोका जुनियर्ससँग खेल्ने तालिका रहेको छ भने अकल्याण्ड सिटीले शुक्रबार बेनिफिकासँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close