गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र गुरुङ

पोखरा स्पोर्टस । गण्डकी प्रदेश जिम्न्याष्टिक संघको तदर्थ समितिको अध्यक्षमा योगेन्द्र गुरुङ चयन भएका छन् । पोखरामा शनिबार सम्पन्न भएको भेलाले योगेन्द्र सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । योगेन्द्र प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य हुन् भने यस अघि कास्की जिम्न्याष्टिक संघको अध्यक्ष समेत थिए । यसै गरी संघको उपाध्यक्षमा राजु केसी, सचिबमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा विनिता केसी चयन भएका छन् ।

भेलाले कार्यसमिति सदस्यमा शुशिला श्रेष्ठ (स्याङजा), अनिष श्रेष्ठ (पर्वत), प्रवेश पौडल (बाग्लुङ), निरज राम्जाली (म्याग्दी), कृष्ण मोहन श्रेष्ठ (कास्की), थमन थापा (कास्की), बिनोद गुरुङ (कास्की) र रबिन्द्र तझ्या (कास्की) चयन भएका छन् ।

यस अघि भेलाको उद्घाटन गर्दै नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष एवं संघिय सांसद ध्रुव बहादुर प्रधानले जिम्न्याष्टिक खेल सबै खेलको ‘मदर अफ दि स्पोर्टस्’ भए पनि सोचे अनुरुप नेपालमा बिकास हुन नसकेको बताए । उनले संघले सिमित श्रोत र साधनका बाबजुद सबैको समान सहभागितामा जोड दिएको बताउँदै लामो प्रयासका बाबजुद अहिले भने विस्तारै अघि बढेको बताए । विद्यालयस्तरबाट नै जिम्न्याष्टिक खेलको विकासका लागि संघले सबैलाई प्रेरित गरिरहेको जनाउँदै यसको विकासमा सबैको सहकार्य आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेशका पूर्व खेलकुद मन्त्री एवं सांसद राजिव गुरुङले छायाँमा परेको जिम्न्याष्टिक खेलको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको औंल्याए ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले गण्डकी प्रदेश सरकार खेलकुदमा दिगो बिकासका लागि केही नयाँ योजनाका साथ अघि बढेको बताउँदै सबै खेल संघहरुलाई शुसासातर्फ अघि बढाउन लोकतान्त्रिक अभ्यास द्वारा संघहरुको गठन र विस्तार गरिरहेको बताए ।

कास्की जिम्न्याष्टिक संघका अध्यक्ष सोम बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य बिनोद शेरचन, कास्की जिम्न्याष्टिकका सल्लाहकार केशव शरण पौडेलले समेत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close