त्रिकोणात्मक टि–२० : मलेसिया विरुद्ध जितको खोजिमा नेपाल

पोखरा स्पोर्टस । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपाल आज मलेसिया संग भिड्दै छ ।

आफ्नै होम ग्राउण्डमा हुने खेलमा नेपालले आज मलेसिया संग जितको खोजिमा रहेको हो । खेल किर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुने छ ।

खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । ऋंखला अन्तर्गत नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो ।

नेपाल सन्दिप लामिछानेको कप्तानीमा मैदानमा मलेसिया विरुद्ध उत्रिने छ । अंक तालिकामा नेपाल र मलेसियाको वरावरी अंक छ । दुवै टोलीले २–२ अंक जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close