कास्कीमा सेपाकताक्रो संघ गठन

पोखरा स्पोर्टस । कास्कीमा सेपाकताक्रो संघ गठन भएको छ ।

पोखरामा बिहिबार सम्पन्न भेलाले इन्द्र बहादुर मल्लको ऋयधक्षतामा ७ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा सारिका गुरुङ, सचिवमा सन्तोष राना, कोषाध्यक्षमा सम्झना गुरुङ रहेका छन् ।

त्यसै गरी कार्यसमिति सदस्यमा लोकनाथ पौडेल, हुम गुरुङ र राजन श्रेष्ठ रहेका छन् ।

गण्डकी प्रदेश सेपाकताक्रो संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा कास्की खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष केशव बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close