नेपाल खेलकुद महासंघ गण्डकीको अध्यक्षमा बोधराज गिरी निर्वाचित

पोखरा स्पोर्टस । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बोधराज गिरी निर्वाचित भएका छन् ।

पोखरामा शनिबार सम्पन्न दोस्रो अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित गिरी तेक्वान्दोका प्रशिक्षक समेत हुन् । उनी कास्की जिल्ला तेक्वान्दो संघमा आवद्ध छन् ।

यसै गरी महासंघको उपाध्यक्षमा इश्वर अधिकारी र रमेश कार्की, सचिबमा माधब क्षेत्री, उप सचिबमा विकाश सुनार, सहसचिबमा राजन गुरूङ, कोषाध्यक्षमा सबि गौचन शेरचन, कार्यालय सचिबमा राम चन्द्र गिरी निर्वाचित भएका छन् ।

दोस्रो अधिवेशनले ३५ सदस्यिय कार्यसमिति आगामी दुई वर्षका लागि निर्वाचित गरेको हो ।

शुक्तबार सो अधिवेशनको उद्घाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरूङले गरेका थिए । सोही उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवं नेकपा एमाले संसदिय दलका नेता खगराज अधिकारीको समेत सहभागिता रहेको थियो ।

विभिन्न पदमा आँकाक्षीहरुको संख्या धेरै भएका कारण नेतृत्व मिलाउन एमाले नेताहरुलाई समेत हम्मे–हम्मे परेको थियो । लामो रस्साकस्सी पश्चात सर्वसम्मत नेतृत्व चयन भएको हो । अधिवेशनमा ११ जिल्लाका प्रतिनिधि र आयोजक समिति गरी कुल १५१ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close