राष्ट्रिय स्क्वास : विपना र स्वास्थानी फाइनलमा

पोखरा स्पोर्टस । नेपालका नम्बर एक खेलाडी विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठबिच १३औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताअन्तर्गत महिला एकलको उपाधि भिडन्त हुने भएको छ ।

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनलमा बागमती प्रदेशकी विपनाले गण्डकी प्रदेशकी समीक्षा श्रेष्ठलाई ११–०, ११–४ र ११–३ तथा स्वास्थानीले अस्मिता नगरकोटीलाई ११–३, ११–५ र ११–४ ले हराएका हुन् ।

यसअघि, सोही दिन भएको क्वाटरफाइनलमा विपनाले डोल्मा लामालाई ११–४, ११–५, ११–१ स्वस्थानीले रनसा महर्जनलाई ११–५, ११–३ १२–१०, अस्मिता नगरकोटीले साक्षी सुनुवारलाई ११–५, ११–७ ११–६ र समीक्षाले नियुक्ती श्रेष्ठलाई ७–११, ६–११, ११–९, ११–५ र १३–११ ले हराएका थिए ।

यसैगरी नेपाल नम्बर वन अरहन्त केशर सिम्ह पुरुष एकलको फाइनलमा पुगेका छन् । बागमतीको प्रतिनिधित्व गरेका अरहन्तले सेमिफाइनलमा नैन बहादुर मगरलाई सजिलै ११–२, ११–३, ११–४ ले हराए ।

शुक्रबार नै क्वाटरफाइनलमा अरहन्तले हेलिस श्रेष्ठलाई ११–६, ११–५ र ११–५ तथा नैनबहादुरले जान जिसीलाई ११–४, ११–४ र ११–४ ले पराजित गरेका थिए ।

अरहन्तले फाइनलमा दिपक थापा अथवा पासाङ ब्लोनमध्ये एकविरुद्ध खेल्नेछन् । क्वाटरफाइनलमा दिपकले आभन श्रेष्ठलाई ११–३, ११–४ र ११–७ तथा पासाङले सुर्य कुमार राईलाई ११–५ ११–९ र ११–८ ले निराश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close