नेपाली टेनिस टोली श्रीलंका जाने

पोखरा स्पोर्टस । बिलि जिन किङ कपमा सहभागी हुन नेपाली टेनिस टोली शुक्रबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएको छ ।

जुन १६ देखि २० तारिखसम्म हुने प्रतियोगितामा अभिलाषा विष्ट, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

ग्रुप ३ को यो प्रतिस्पर्धामा नेपालसहित ९ राष्ट्र सहभागी छन् । ९ राष्ट्रलाई २ समूहमा विभाजन गरी खेल खेलाइने छ । सहभागी राष्ट्र मध्ये पहिलो हुने राष्ट्र ग्रुप २ मा प्रवेश गर्नेछ । टिम स्पर्धाको यो प्रतियोगितामा २ सिंगल्स र १ डबल्स खेल हुनेछ ।

अफिसियलमा अजय विष्ट र प्रशिक्षकमा कृष्णराज घले छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुलले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close