प्रचण्ड कप राष्ट्रिय महिला भलिबल : घरेलु टोली गण्डकी र रामपुर बाहिरिए

पोखरा स्पोर्टस । पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ अन्तर्गत भोलि (शुक्रबार) सेमिफाइनलका दुई खेल हुने भएको छ । न्यु डायमण्ड र एपिएफ र अर्को खेलमा पुलिस बिरुद्ध एभेरेष्ट क्लव बिच सेमिफाइनलको खेल हुने भएको छ ।

यसैबिच, विभागीय टोली शसस्त्र प्रहरी वलको एपिएफ क्लब र एभरेस्ट भलिबल क्लब ले विहिबारको खेलमा जित हासिल गरेसंगै सेमिफाइनलमा प्रवेश गरेका हुन् । पोखरा रंगशालाको कभर्डहलमा आज (बिहीबार) भएको समुह ‘ए’ को अन्तिम खेलमा एपिएफले पाल्पाको स्टेप रामपुर माथि ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा यात्रा बनाएको हो ।

अर्को खेलमा एभरेष्टले घरेलु टिम गण्डकी प्रदेश भलिवल संघलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । एपिएफले फाइनल प्रवेश गर्न पोल ‘बी’ को विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लबसँग प्रतिष्प्रर्धा गर्ने भएको छ ।

एपिएफले रामपुर माथि २५–६ र २५–६ र २५–७ को सोझो सेटमा सहज जित दर्ता गर्यो । न्यु डायमन्डले गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा यात्रा पक्का गरेको हो ।

त्यसै गरी आज भएको लिगको अन्तिम खेलमा एभरेष्टले गण्डकीलाई २१–२५, २५–१४, २५–२२ र २५–१४ को सेटमा पराजित गर्दै पुलिससंग सेमिफाइनलमा यात्रा पक्का गरेको हो ।

पहिलो सेटमा जित हात पारेको गण्डकीले दोश्रो सेटबाट आफ्नो लय गुमाउदा उक्त प्रतियोगिताबाट बाहिरिनु पर्यो । न्यु डायमण्डसंग गण्डकीले लिगको पहिलो खेलमा पराजित भएको थियो । नेपाली राष्ट्रिय महिला भलिवल टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा नयाँ खेलाडीहरुको साथ मैदानमा उत्रिएको गण्डकीले अन्ततः साख बचाउन सकेन ।

लगातार दोस्रो हार बेहोरेको रामपुर भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा रामपुरलाई नेपाल पुलिस क्लबले यसरी नै सोझो सेटमा पराजित गर्यो । ६ टिम मध्य रामपुर नयाँ खेलाडीहरु संलग्न टिम भएकोले राष्ट्रिय खेलाडीले भरिएका टिमसंग पराजित हुनु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close