
पोखरा स्पोर्टस । १५ औं केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा गण्डकी प्रदेशले थप एक स्वर्ण आफ्नो पक्षमा पारेको छ ।
गण्डकीका लागि प्रदिप महतोले स्वर्ण पदक दिलाएका हुन् । प्रदिपले लङजम्पमा ६.७९ मिटर जम्प गर्दै स्वर्ण पदक हात पारे । त्यस्तै सुदुर पश्चिमका विवेक चौधरी ६.५५ मिटर जम्प गर्दै रजत जित्दा बागमतीका दिपेन्द्र गिरीले ६.२२ मिटर जम्प गर्दै काश्य पदक जितेका छन् ।
यो सहित गण्डकीले एथलेटिक्समा ४ स्वर्ण २ रजत र दुई काश्य पदक जितेको छ ।
त्यस्तै ४x४०० छात्र रिलेमा गण्डकीले काश्य पदक जितेको छ । सो दौडमा बागमतीले स्वर्ण पदक तथा सुदुर पश्चिमले काश्य पदक जितेको छ ।
यसै गरी ४x४०० रिले दौड छात्रतर्फ गण्डकीले रजत पदक जितेको छ भने बागमतीले स्वर्ण र लुम्विनीले काश्य पदक जितेको छ ।
