८०० मिटर दौडमा गण्डकीकी नारायणीको किर्तिमानी दौड

पोखरा स्पोर्टस । १५ औं केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा गण्डकी प्रदेशकी नारायणी भण्डारीले नयाँ किर्तिमान स्थापित गरेकी छन् ।

काठमाण्डौको दशरथ रंगशालामा भर्खरै सम्पन्न छात्रा ८०० मिटर दौडमा नारायणीले नयाँ किर्तिमान स्थापित गरेकी हुन् ।

उनले ८०० मिटर दौड २ मिनेट १७.३० सेकेण्डमा पुरा गर्दै यस अघि २०५७ सालमा टिका चौधरीको किर्तिमान २५ वर्ष पछि तोडेकी हुन् । टिकाले २ मिनेट २८.९ सेकेण्डमा किर्तिमान बनाएकी थिइन् ।

सो दौडमा नारायणीले किर्तिमानी दौड संगै स्वर्ण पदक जित्दा बागमतीकी भगवती खड्काले रजत र सुदुर पश्चिमकी संगिता विकले काश्य पदक जितेको गण्डकी टिमका प्रशिक्षक सिद्धान्त अधिकारीले जानकारी दिए ।

भगवतीले आफ्नो दौड २ मिनेट १९.४ सेकेण्डमा र संगिताले २ मिनेट २८ सेकेण्डमा पुरा गरेको अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close