राष्ट्रपति रनिङ शिल्ड : गण्डकीका प्रताप र सविनालाई रजत, अनुस्कालाई काश्य

पोखरा स्पोर्टस । केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा गण्डकी प्रदेशका प्रताप महतोले र सविना खातुनले रजत पदक जितेका छन् ।

भर्खरै सम्पन्न छात्रतर्फ ४०० मिटर दौडमा प्रतापले ५१.९० सेकेण्डमा दौड पुरा गरी गण्डकी प्रदेशका लागि रजत पदक दिलाएका हुन् ।

त्यस्तै छात्रतर्फ सम्पन्न आइजम्पमा सविना खातुनले १ मिटर ३५ सेमी जम्प गर्दै रजत पदक जितिन् । उनी सुदुर पश्चिमकी सुस्मिता चौधरी संग ३ सेमीले पछि परिन् । सुस्मिताले स्वर्ण पदक हासिल गरिन् । उनले १ मिटर ३८ सेमी जम्प गरिन् ।

यस्तै १०० मिटर छात्र दौडतर्फ अनुस्का अधिकारीले काश्य पदक जितेकी छन् । उनले आफ्नो दौड १३.२६ सेकेण्डमा पुरा गरेको प्रशिक्षक सिद्धान्त अधिकारीले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close