नेपालले नेदरल्याण्डसलाई दियो २३७ रनको लक्ष्य

पोखरा स्पोर्टस । नेपालले नेदरल्याण्डसलाई २३७ रनको लक्ष्य दिएको छ ।

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २३६ रन बनाएको हो ।

नेपालका लागि आरिफ सेखले सर्बाधिक ८४ रन बनाएका थिए । त्यसैगरी नेपालका लागि भीम सार्की र कप्तान रोहित पौडेलले ३५-३५ रन बनाएका थिए भने कुशल भुर्तेलले १८, दिपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले ११–११ रन बनाएका थिए ।

त्यस्तै नेदरल्याण्डसका बलर पौल भान मीकेरेनले ४ विकेट लिएका थिए भने माइकल लेभिटले ३ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close