विश्व टेस्ट च्याम्पियनसिप : दक्षिण अफ्रिकी टिमको घोषणा

पोखरा स्पोर्टस । आइसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल बुधबारदेखि शुरु हुदैछ । इङल्याण्डको लर्ड्स स्टेडियममा हुने यो फाइनल खेल जुन ११ देखि १५ सम्म हुदैछ ।

यस पटकको विश्व टेस्ट च्याम्पियनसिपमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन् । २०२३ देखि २०२५ सम्मको विश्व टेस्ट च्याम्पियनसिप साइकलमा शिर्ष स्थानमा रहेको दक्षिण अफ्रिका र दोस्रो स्थानमा रहेको अस्ट्रेलिया फाइनलमा खेल्न लागेका हुन् ।

टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रीकाले आफ्नो प्लेइङ–११ सार्बजनिक गरेको छ । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले अस्ट्रेलियाविरुद्ध खेल्ने प्लेइङ–११ सार्बजनिक गरेका हुन् ।

दक्षिण अफ्रिकाको प्लेइङ ११ मा टेम्बा बाभुमा (कप्तान), एडेन मार्करम, रायन रिकेलटन (विकेटकिपर), वियान मुल्डर, ट्रिस्टन स्टब्स, डेभिड बेडिङघम, काइल भेरिन, मार्को जानसेन, केशव महाराज, कागिसो रबाडा र लुंगी एन्गीडी रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close