राष्ट्रिय महिला फुटबल टिमको सहायक प्रशिक्षकमा राजेन्द्र र भगवती

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला टोलीको लागि प्रशिक्षण र सहयोगी कर्मचारी नियुक्त गरिएको छ ।

एन्फाले राजेन्द्र तामाङ र भगवती थापालाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । सुरज कुमार लामा गोलकिपिङ प्रशिक्षकको रूपमा जारी रहनेछन् भने बिन्द्रा देवान टोली प्रबन्धकको भूमिकामा रहनेछन् ।

त्यस्तै डा. अलिशा राईलाई टोली डाक्टर र शिला गिरीलाई टोली फिजियोथेरापिस्टको रूपमा नियुक्त गरिएको छ । त्यसैगरी विकास गुरुङलाई किट प्रबन्धकको रूपमा नियुक्त गरिएको छ ।

नियुक्त सबैले मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईबाट नियुक्ति पत्र प्राप्त गरेका छन् ।

एन्फाले जेठ २२ गते राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे वाइल्डलाई नियुक्त गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close