सोमपाल र गुलशन त्रिकोणात्मक टी–२० सिरिजबाट बाहिरिए

पोखरा स्पोर्टस । सोमपाल कामी र गुलशन झा स्कटल्याण्डमा हुने त्रिकोणात्मक टी–२० सिरिजबाट बाहिरिएका छन् ।

इन्जुरीका कारण सोमपाल र गुलशन आज अहिले जारी नेदरल्याण्डसविरुद्धको खेलमा पनि बाहिर रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमपाल र गुलशन अभ्यासको क्रममा घाइते भएको र टी–२० सिरिज गुमाउने जानकारी दिएको छ ।

नेपालले जारी आइसीसी विश्वकप लिग–२ को सिरिज पछि स्कटल्याण्ड र नेदरल्याण्डससँग टी–२० सिरिज खेल्ने तालिका रहेको छ ।

यो त्रिकोणात्मक टी–२० सिरिज जुन १५ देखि २० जुनसम्म हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close