नेपाली ड्रागन बोट टिम चीन जाँदै, मैत्रीपूर्ण प्रतियोगितामा सहभागिता जनाउने

पोखरा स्पोर्टस । नेपाली ड्रागन बोट टिम मित्र राष्ट्र चीन जाने भएको छ । नेपाली ड्रागन बोटका मुख्य प्रशिक्षक निम बहादुर मगरको नेतृत्वमा नेपाली टोलीले यहि असार १ र २ गते आयोजना हुने मैत्रीपूर्ण अन्तर्राष्ट्रिय ड्रागन बोट रेसमा सहभागिता जनाउने भएको हो ।

नेपाली टोली केरुङ नाका हुँदै बुधबार चीनतर्फ प्रस्थान गर्ने तय भएको मुख्य प्रशिक्षक मगरले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् । केही दिन देखि पोखराको फेवातालमा प्रशिक्षणमा व्यस्त टिमले चीनमा हुने प्रतियोगितामा नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको मगरले पोखरा स्पोर्टसलाई बताए ।

उनले भने–“हाम्रो तयारी राम्रो छ । तर त्यसै भन्न सकिन्न । हामी हाइअल्टिच्यूडमा गएर प्रतिस्पर्धा गर्नेछौं । खेलाडीहरुको अवस्था के हुन्छ भन्ने बारे त्यहाँको अवस्थाले नै भन्ने छ । तर हामी पदक जित्ने तयारीका साथ प्रशिक्षण गरेका छौं ।”

गत वर्ष चीनकै लुलाङमा आयोजित प्रतियोगितामा नेपाली टिमले क्लिनस्विप गर्दै सबै इभेन्टमा कव्जा गरेको स्मरण गर्दै मुख्य प्रशिक्षक मगरले नेपाली खेलाडीहरु प्रतिकुल अवस्थामा पनि आफूलाई उभ्याउन तयार रहेकै कारण गत वर्ष उपाधि जितेको बताए । तर नेपालमा हालै भएको प्रतियोगितामा भने नेपाली टोलीले हार व्यहोरेको थियो ।

नेपाली ड्रागन बोट टिम
मुख्य प्रशिक्षक/खेलाडी– निम बहादुर मगर र खेलाडीहरुमा सुरेन्द्र चेपाङ, सिसोम थापा मगर, सुभाष राना मगर, मनिक श्रेष्ठ, आशिष थापा मगर, याम कुमार गुरूङ, अमृत गुरूङ, दिपेश राना मगर, रविन ढकाल, गोविन्द प्रसाद अधिकारी, रविन गुरूङ, सुदिप चेपाङ र चन्द्रकान्त बास्तोला रहेका छन् ।

त्यस्तै पोखरा महानगर पालिकाका सिनियर डिभिजन इन्जिनियर विमल रन्जन कार्की, पोखरा महानगर ड्रागन बोटका फोकल पर्सन नवराज अधिकारी, ड्रागन बोट केन्द्रिय संघका पदाधिकारीलगायत एक दर्जन गरी २३ सदस्यिय टोली अफिसियल चीन जाँदैछन् ।  

नेपाली टोली भोली सडक मार्ग हुँदै चीन प्रस्थान गर्ने र असार ४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close