
पोखरा स्पोर्टस । पोखरामा मंगलबारबाट सुरू हुने प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको खेल तालिका प्रकाशित गरिएको छ ।
खेल तालिका सार्वजनिक गरिए संगै उद्घाटन खेलमा दुई विभागिय टोली नेपाल पुलिस र शसस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने पक्का भएको छ । नेपाल पुलिस एक साता अघि मात्रै सम्पन्न नवौं संस्करणको पिएम कप एनभिएको समेत च्याम्पियन टोली हो ।
भोली अपरान्ह साढे २ बजे उक्र प्रतियोगिताको एक कार्यक्रमका बीच पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् ।
भोलीको दोस्रो खेल एभरेष्ट भलिबल क्लब र टिप टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबका बीच साँझ ६ बजे हुनेछ ।
जेठ २७ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभागिय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब, सशस्त्र प्रहरी बलको मात्रै सहभागिता हुने भएको छ भने स्टेप रामपुर, गण्डकी प्रदेश टिम, एभरेष्ट भलिबल क्लब र न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब समावेश छन् । प्रतियोगिता लिग तथा नकआउट चरणमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
विजेता टिमले रु ६ लाख, उपविजेताले रु ३ लाख, र तेस्रो हुने टिमले रु १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीले रु २० हजार, तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

