स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य

पोखरा स्पोर्टस । स्कटल्याण्डले नेपाललाई ३२४ रनको लक्ष्य दिएको छ । आइसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउदै ३२३ रन बनाएको हो ।

स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले १०२ रनको शतक पारी खेलेका छन् । बेरिङ्टनले ११४ बल खेल्दै शतक पुरा गरेका हुन् । बेरिङ्टनको एकदिवसीय क्रिकेटमा यो छैटौं शतक हो ।

त्यस्ते माइकल लिस्कले अविजित ९६ रन बनाएका थिए । त्यस्तै चार्ली टियरले ६८ रन र मार्क वाटले अविजित २१ रन बनाएका थिए ।

नेपाली बलर करण केसी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिएका थिए भने ललित राजबंशीले एक विकेट लिए ।

यसै बीच स्कटल्याण्डका रिची बेरिङ्टनले नेपालविरुद्ध शतक प्रहार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close