पोखरा म्याराथनलाई १० लाख विनियोजन, मञ्च द्वारा पोखरा महानगरलाई आभार व्यक्त

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरा महानगर पालिकालाई आभार व्यक्त गरेको छ ।

विगत १५ वर्ष देखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको पोखरा म्याराथन अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आर्थिक वर्ष २०७८/०७९ का लागि १० लाख विनियोजन गरे पछि मञ्चले पोखरा महानगर पालिकालाई आभार व्यक्त गरेको हो ।

खेलकुदको माध्यमबाट पोखरालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मञ्चले खेलेको भूमिकाका लागि पोखरा महानगरले नवौ नगरसभा बाट विनियोजित गरिएको बजेटमा १० लाख विनियोजन हुनु गौरवको विषय रहेको भन्दै मञ्चका कार्यवाहक अध्यक्ष हरि प्रसाद पराजुलीले खुसी व्यक्त गरेका छन । उनले भने–“पोखरा महानगरले पोखरा म्याराथनलाई सफल बनाउन सभाबाट १० लाख विनियोजन भएकोमा हामी अग्रज खेलाडीको छाता संस्था भूतपूर्व खेलाडी मञ्च निकै आभारी छौं ।” उनले महानगर पालिका प्रमुख मान बहादुर जिसी, उपप्रमुख मञ्जु देवी गुरुङ, सम्पूर्ण वडा अध्यक्षहरु तथा परिषद सदस्यहरुलाई धन्यवाद दिएका छन ।

हरेक वर्ष फागुनको पहिलो साताको शनिबार आयोजना हुने पोखरा म्याराथनले पोखरा महानगरका १७ वटा वडाहरु हुँदै पोखरा रंगशालामा पुगेर सम्पन्न हुने गर्दछ । पोखरा म्याराथन नेपालकै म्यारथनहरु मध्येको जेठो म्याराथन समेत हो । स्मरणिय के छ भने पोखरा महानगरले गत वर्ष समेत पोखरा म्याराथनका लागि १० लाख विनियोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close