जिल्ला खेलकुदहरुलाई कार्वाही नर्गन अन्तरिम आदेशलाई नै निन्तरता

पोखरा स्पोर्टस । उच्च अदालत पोखराले गण्डकी प्रदेशका जिल्ला खेलकुदहरुलाई कार्वाही नर्गन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ ।

उच्च अदालत पोखराले मंगलबार सुनुवाई गर्दै अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । मंगलबार दुवै पक्षलाई बोलाएर गरिएको वहस पश्चात उच्च अदालतका माननिय न्याधिशद्वय ऋषीराज भण्डारी र श्रीधरा कुमारी पुडासैनीको इजलासले मुद्धाको अन्तिम टुङ्गो नलागेको भन्दै जेठ ६ गतेको फैसलालाई निरन्तरता दिएका हुन् ।

“विपक्षीहरुबाट लिखित जवाफ पेश नभएकोले र लिखित जवाफ पेश गर्ने म्याद बाँकी नै रहेको अवस्थामा विषयको गम्भिर्यातालाई विचार गरी विपक्षीहरुबाट लिखित जवाफ पेश भई रिट निवेदकको अन्तिम टुङ्गो नलागे सम्म जेठ ६ गतेको आदेशलाई निरन्तरता प्रदान गरिएको छ”, फैसलामा भनिएको छ ।

उक्त मुद्धामा निवेदकको तर्फबाट अधिवक्ता सुरेन्द्र थापा मगर, जुना कुमारी गुरुङ र विष्णु प्रसाद लम्साल तथा प्रदेश सरकारकोतर्फबाट मुख्य न्यायधिवक्ता रोहितराज बास्तोलाले वहश गरेका थिए ।

गण्डकी प्रदेश सरकारको गत २०७८ चैत्र २४ गतेको मन्त्री परिषदले सबै जिल्लाका पदाधिकारीहरुलाई खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध जिल्ला खेलकुद विकास समितीका अध्यक्षहरुले गण्डकी प्रदेश सरकार र यूवा तथा खेलकुद मन्त्रालयलाई विपक्षी बनाई गत जेठ ६ गते उच्च अदालत पोखरामा मुद्धा दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close