भारतविरुद्ध खेल्ने इङल्याण्ड टेस्ट टिमको घोषणा

पोखरा स्पोर्टस । जुन २० देखि सुरु हुने भारतविरुद्धको पहिलो टेस्टको लागि इङ्ग्ल्याण्डले १४ सदस्यीय टोलीको घोषणा गरेको छ ।

बेन स्टोक्सको कप्ताईमा इङल्याण्डले जोश टङ्ग र साम कुकलाई टेस्ट टिममा समावेश गरेको छ । त्यस्तै, बलर क्रिस वोक्स र जेमी ओभरटन पनि टिममा फर्किएका छन् । जुन ६ देखि सुरु हुने इन्डिया-ए विरुद्धको अनौपचारिक खेलमा टङ्ग र वोक्स पनि इङ्ग्ल्याण्ड लायन्स टोलीको हिस्सा थिए ।

भारतविरुद्धको पहिलो टेस्टको लागि इङ्ग्ल्याण्ड टिममा बेन स्टोक्स (कप्तान), शोएब बशीर, ज्याकब बेथेल, ह्यारी ब्रुक, ब्रायडन कार्स, साम कुक, ज्याक क्राउली, बेन डकेट, जेमी ओभरटन, ओली पोप, जो रुट, जेमी स्मिथ, जोश टङ्ग र क्रिस वोक्स रहेका छन् ।

जिम्बाब्वे विरुद्धको चार दिने टेस्टमा टङ्ग र कुक हालै भारत र इङल्याण्डबीच ५ खेलको टेस्ट सिरिज हुदै छ । जसमा पहिलो टेस्ट २०–२४ जुन लीड्स, दोस्रो टेस्ट २-६ जुलाई बर्मिंघम, तेस्रो टेस्ट १०–१४ जुलाई लन्डन चौथो टेस्ट २३–२७ जुलाई म्यानचेस्टर र पाँचौं टेस्ट ३१ जुलाई –४ अगस्ट लन्डनमा हुने छ ।

भारतले यस टेस्ट सिरिजका लागि यस अघि नै आफ्नो टिमको घोषणा गरिसकेको छ ।

जसमा शुभमन गिल (कप्तान), ऋषभ पन्त (उपकप्तान र विकेटकीपर), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश रेड्डी, रविन्द्र जडेजा, ध्रुव जुरेल (विकेटकीपर), वाशिंगटन सुन्दर, मोहम्मद थारुराज, शरदराज, शरदराज, मोहम्मद  आकाश दीप, अर्शदीप सिंह र कुलदीप यादव रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close