भागदौडको घटनामा आरसिबीविरुद्ध मुद्धा दायर

पोखरा स्पोर्टस । भारतको कर्नाटक प्रहरीले चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडको घटनामा मुद्दा दर्ता गरेको छ । प्रहरीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी), कार्यक्रम आयोजक कम्पनी डीएनए र कर्नाटक क्रिकेट संघविरुद्ध मुद्धा दायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

कर्नाटक प्रहरीले तीनै संस्थाहरू विरुद्ध बीएनएसको धारा १०५, ११८ र १२० अन्तर्गत मुद्दा दर्ता गरेको, जस अनुसार कसैलाई जानाजानी गम्भीर चोट पुर्‍याउनु, कसैको ज्यान लिनु, अपराधिक हत्या गर्नु समावेश छ ।

बुधबार बेंगलोरको चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडमा ११ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । सबै आईपीएल ट्रफी जित्ने रोयल च्यालेन्जर्स बैंगलुरुको विजय उत्सव मनाउन आएका थिए ।

यस घटनामा कर्नाटकका मुख्यमन्त्री सिद्धरामय्याको आदेशपछि मजिस्ट्रेट अनुसन्धान पनि सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close