हङकङसँग गोलरहित बराबरीमा रोकियो नेपाल

पोखरा स्पोर्टस । नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ ।

निधारित ९० मिनेटको खेलमा दुवै देशबाट गोलका केहि प्रयास भएपनि गोलमा परिणत हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।

यस खेलमा खेलको इन्जुरी समयमा मणि लामाले दोस्रो पहेंलो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो ।

नेपालले लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलको तयारी स्वरूप यो खेल खेलेको हो । नेपालले जुन १० मा लाओससँग छनोट खेल खेल्ने तालिका छ ।

फिफाको वरियतामा हङकङ १५३औ स्थानमा छ भने नेपाल १७५औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close