नयाँ बजेटमा गण्डकी प्रदेशका पाँच खेल पूर्वाद्धारका लागि १५ करोड

पोखरा स्पोर्टस । संघिय सरकारको आर्थिक वर्ष २०८२/०८३ का लागि चार खेल पूर्वाद्धारका लागि १५ करोड विनियोजन भएको छ ।

नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत बजेट यद्यपी संसदमा पारित भने भइसेकेको छैन । बजेट पारित हुनु अगावै गण्डकी प्रदेशका पाँच वटा खेल पूर्वाद्धारका लागि समान ३/३ करोड गरी १५ करोड विनियोजन भएका प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले पोखरा स्पोर्टसलाई बताए ।

आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन भएका खेल पूर्वाद्धारमा मुस्ताङस्थित वारागुङ, मुक्तिक्षेत्रमा हाइअल्टिच्यूड खेल मैदान, पोखरा रंगशाला मर्मत सभ्मार तथा स्त्तरोन्नती, पोखरा रंगशाला क्रिकेट खेल मैदान, पोखरा २६ लेखनाथस्थित भण्डारढिक खेल मैदान र स्याङजास्थित विरूवा गाउँपालिकाको खेल मैदानका रहेका छन् ।

राखेपले विगतमा निर्माण सुरू गरी अलपत्र पारेका गण्डकी प्रदेशका विभिन्न जिल्लाका खेल पूर्वाद्धार बारे संघिय खेलकुद मन्त्री र सचिवलाई पटक–पटक ध्यानाकषर्ण गराएका कारणले नै यो सम्भव भएको सदस्य सचिब शर्माले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“राखेपले गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्माण सुरू गरेका, लामो समय देखि मर्मत सम्भार नगरेका पूर्वाद्धारका विषयमा परिषदले आफ्नो स्पष्ट भनाई मन्त्री ज्यू समक्ष राखेकै कारण यो सम्भव भएको हो ।” सो विषय आफूले सामाजिक सञ्जालमा समेत स्पष्टताका साथ राखेको बताउँदै उनले गण्डकी प्रदेशको खेलकुद विकासका लागि यो बजेट कोशेढुङ्गा हुने बताए ।

मुस्ताङस्थित वारागुङ, मुक्तिक्षेत्रमा हाइअल्टिच्यूड खेल मैदान निर्माणको विषय चर्चामा रहे पनि पुरा हुन सकेको थिएन । यस्तै सन २०२७ मा हुने यू–१९ महिला विश्वकपको क्रिकेट पोखरामा एक खेल आयोजना गर्नका लागि पनि मैदान निर्माण आवश्यक रहेको थियो भने पोखरा रंगशाला देशकै ठूलो रंगशालाको मर्मत संगै बहुउद्धेश्यिय कभर्डहल लगायत अन्य खेल पूर्वाधार लामो समय देखि मर्मत सम्भार हुन सकेका थिएनन । तर यस चालु आवमा भने संघिय सरकारको सहयोगमा पोखरा रंगशालाको पर्खाल मर्मत तथा रङ्गरोङ्गन करिव २२ वर्ष पछि हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close