
पोखरा, भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन ३ गते हुने १४ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रत्यक्ष प्रसारण पोखरा टिभीले गर्ने भएको छ ।
म्यारथनको प्रत्यक्ष प्रसारण गर्न मञ्चका अध्यक्ष तेज गुरुङ र पोखरा टिभीका तर्फ बाट अध्यक्ष मनोज गुरुङले संयुक्त रुपमा हस्ताक्षर गरेका छन ।
सम्झौता पछि कुरा गर्दै पोखरा टिभीका अध्यक्ष गुरुङले पोखराको गौरवको रुपमा रहेको पोखरा म्याराथनलाई आफ्नो टेलिभिजन मार्फत प्रसारण गर्न पाउनु सुखद रहेको बताए । उनले स्थानिय तहमा हुने खेल गतिविधीलाई व्यवसायिक रुपमा भन्दा पनि सहयोगी हातका रुपमा अघि बढाएको भनाई राखे ।
मञ्चका अध्यक्ष गुरुङले पोखराको आफ्नै स्थानिय टेलिभिजनले म्याराथन प्रसारणका लागि देखाएको अग्रसरताले खेल बिकासका लागि महत्वपुर्ण हुने बताए । पोखरा म्याराथन सफल बनाउन स्थानिय संचार माध्यमको भुमिका स¥हानिय रहेको बताउँदै सबैलाई आभार व्यक्त गरे ।
