नेपाल र नेदरल्याण्डसबीचको खेल वर्षाले अवरुद्ध

पोखरा स्पोर्टस । नेपाल र नेदरल्याण्डसबीचको खेल वर्षाले अवरुद्ध भएको छ ।

आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको यो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेदरल्याण्डसले ४७.३ ओभरमा ७ विकेट गुमाउदै २१९ रन बनाएपछि खेल रोकिएको हो ।

नेदरल्याण्डसका लागि नोह क्रोएस अविजित ४६ रन बनाएर खेलिरहेका छन् भने रोएलोग भान डेर मेर्वे २० रन बनाएर खेलिरहेका छन् ।

यसअघि नेदरल्याण्डसका कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र जाच लायन काचेटले २७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर ललित राजबंशी, सन्दीप लामिछाने र करण केसीले २२ तथा सोमपाल कामीले एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close