भारोत्तोलनकी सञ्जु मृत अवस्थामा भेटिइन

पोखरा स्पोर्टस । नेपालक भारोत्तोलनकी किर्तिमानधारी खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिएकी छन् ।

दाङ घर भएकी सञ्जु केही दिन अघि १९ औं एसियाली खेलकुदको छनोटको लागि काठमाडौ आएकी थिइन । उनी गए राती भारोत्तोलनका प्रशिक्षक ललितपुर लुभुस्थित सञ्जय महर्जनको घरमा बसेकी थिइन । विभिन्न सञ्चारमाध्यमा अनुसार उनी सुतेको कोठामा झुण्डिएको अवस्थामा फेला परेको र यस बारे प्रहरीले थप अनुशन्धान अघि बढाइएको जनाइएको छ ।

सञ्जु नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्णपदक विजेता समेत हुन् । उनले गत पुषमा ओलम्पिकको लागि पोखरा बसेर समेत अभ्यास गरेकी थिइन् ।

हाल उनको ललितपुरस्थित पाटन अस्पतालमा शवको पोष्टमार्टम गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close