गण्डकी प्रदेशमा पहिलो पटक पारालिम्पिक गठन

पोखरा स्पोर्टस । पछिल्लो समयमा गण्डकी प्रदेशमा अपाङ्गता भएकाहरुको खेल पारा खेलकुदका गतिविधि बढ्दै गए पछि पहिलो पटक गण्डकी प्रदेशमा पारालिम्पिक गठन गरिएको छ ।

अपाङ्गता भएका खेलाडीहरूको पा्ेखरामा सम्पन्न एक भेलाले गण्डकी प्रदेश पारालिम्पिक तदर्थ कमिटि गठन गरेको हो । अमृत बरालको अध्यक्षतामा गठित समितिको सचिवमा नीलकण्ठ तिम्सिना, कोषाध्यक्षमा हेम बहादुर गुरूङ, एवं सदस्यहरूमा राम नारायण श्रेष्ठ, भरत विक्रम बानियाँ, अञ्जना के.सी. र जित बहादुर बस्नेत ’पवन’ रहेका छन् ।

रिक्त रहेको उपाध्यक्ष र सदस्यहरुलाई पछि मनोनयन गर्ने जनाइएको छ । नव गठित कमिटिका अध्यक्ष बराल प्रदेश खेलकुद परिषदका सदस्य समेत हुन् ।

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरूङको प्रमुख आतिथ्यतामा समपन्न भेलामा प्रदेश नव गठित तदर्थ समितिलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, संघीय कार्यसमितिका सचिवालय सदस्य रमेश पोखरेल, नेपाल नेत्रहीन संघका केन्द्रीय महासचिव शिशिर खनालले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close