नेपाल आइसीसीको डेभलपमेन्ट अवार्डमा दुई विधामा मनोनयनमा

पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघ (क्यान) आइसीसी डेभलपमेन्ट अवार्ड २०२४ को दुई विधाको अवार्डको मनोनयनमा परेको छ ।

आइसीसीले बुधबार सार्बजनिक गरेको आइसीसी डेभलपमेन्ट अवार्ड २०२४ को मनोनयनमा नेपाल दुई विधामा मनोनित भएको छ ।

नेपाल आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर विधा र आइसीसी एक्स रेक्सोना क्रियो फेस्टिवल अफ द इयर विधामा मनोनित भएको छ ।

नेपाले यसअघि २०२३ को आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close